Main News

राप्ती नदी किनारका दर्जनौं गाउँ बाढीको उच्च जोखिममा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ७ गते १४:३१
राप्ती नदी किनारका दर्जनौं गाउँ बाढीको उच्च जोखिममा (भिडियो रिपोर्टसहित)

७ असार २०७८ बाँके । राप्ती नदीमा आउने बाढीबाट नदी किनारका बाँकेका दर्जनौ गाउँ उच्च जोखिममा छन् ।

यो वर्ष बाँकेमा विपद्‍बाट करिब २५ हजार घर परिवारका १ लाख ५० हजार जना प्रभावित हुने सक्ने जिल्ला विपद व्यवस्थापन समितिको अनुमान छ ।

जोखिमको आँकलन गरे पनि दीर्घकालिन योजनाभन्दा तत्कालिन राहत र उद्धारका लागि मात्रै तयारी हुने गरेको छ । खोज तथा उद्धारका लागि आवश्यक सामग्रीसहित तालिम प्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण प्रभावितलाई स्थानान्तर गर्नुपर्ने अवस्था आए त्यसका पनि तयारी गरिएको प्रशासनले जनाएको छ ।

बाढीबाट हुने क्षतिलाई कम गर्न राप्ती नदीमा बाढी मापन केन्द्रहरु स्थापना गरी बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी त्यसको सूचना सुरक्षा निकाय तथा प्रभावित वस्तीका बासिन्दाहरुलाई दिने व्यवस्था मिलाइएको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *