Main News

आज जुन २१ तारिख, वर्षकै लामो दिन

हिमालय टिभी
२०७८ असार ७ गते १३:०१
आज जुन २१ तारिख, वर्षकै लामो दिन

७ असार २०७८ काठमाडौं । आज जुन २१ तारिख, वर्षकै लामो दिन ।

समयका हिसाबले यसवर्षको सबैभन्दा लामो दिन आज हुँदा रात सबैभन्दा छोटो हुन्छ । आज सूर्यको प्रकाश लामो समयसम्म पृथ्वीमा रहन्छ । आजको दिन पछि दक्षिणायन शुरु हुने भएकाले भोलिदेखि दिन छोटो र रात लामो हुन्छ ।

उत्तरी गोलार्द्ध नजिक आएको सूर्य आजदेखि दक्षिणी गोलार्द्धतर्फ बढ्छ । विश्वका धेरै देशमा आजको दिन १२ घण्टा भन्दा लामो हुन्छ । नेपालमा आजको दिन करिब १३ घण्टा ५४ मिनेटको रहनेछ ।

उत्तरी गोलार्द्धका प्रत्येक देशका लागि भने यो समय अलग अलग हुन्छ । हरेक वर्ष जुन २० देखि जुन २२ को बीचको समय वर्षको सबैभन्दा लामो दिन हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *