Main News

योग परम्परालाई सर्वत्र बनाएर सबैलाई सुखी र स्वस्थ बनाउन सकिन्छः राष्ट्रपति भण्डारी

हिमालय टिभी
२०७८ असार ७ गते ८:०३
योग परम्परालाई सर्वत्र बनाएर सबैलाई सुखी र स्वस्थ बनाउन सकिन्छः राष्ट्रपति भण्डारी

७ असार २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन सकिने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ ।

कोभिड–१९ महामारीका कारण भौतिक जीवन र शारीरिक स्वास्थ्य मात्र प्रभावित भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारिले शारीरिक र मानसिक सुस्वास्थ्यका लागि योगको सान्दर्भिकता अझ बढेको उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्र संघले हरेक वर्ष जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेपछि नेपालको समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित योगले विश्वव्यापी सम्मान प्राप्त गरेको सन्देशमा उल्लेख छ ।

यस वर्ष मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नाराका साथ अन्तरराष्ट्रिय योग दिवस मनाइँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *