Main News

नेपालमा पछिल्लो समय धेरै जनामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमणः स्वास्थ्य मन्त्रालय

हिमालय टिभी
२०७८ असार ६ गते १८:५७
नेपालमा पछिल्लो समय धेरै जनामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमणः स्वास्थ्य मन्त्रालय

६ असार २०७८ काठमाडौं । नेपालमा पछिल्लो समय धेरै जनामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमूना परीक्षणका क्रममा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार देशका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमूनामध्ये ४७ जनामा डेल्टा भेरियन्ट र १ जनामा अल्फा भेरियन्टको संक्रमण देखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म संकलन गरेका ४८ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा भएको जीन सिक्वेन्सिङमा उक्त नतिजा आएको हो ।

डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ। अल्फा भेरियन्ट १ सय ६४ देशमा देखिएको छ। ४७ जनामध्ये ९ वटा नमूनामा के ४ सय १७ एन भन्ने परिवर्तित रुप देखिएको छ।

यो यसअघि पनि नेपालमा देखिएको थियो। यो रुप अहिले संसारका १० वटा देशमा देखिएको डाक्टर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *