Main News

नेता खनाल स्वास्थ्यमा क्रमिक सुधार

हिमालय टिभी
२०७८ असार ६ गते १८:१६
नेता खनाल स्वास्थ्यमा क्रमिक सुधार

६ असार २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का नेता स्वास्थ्यमा सुधार भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो ।

खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सर्पोट राखिएकोमा हटाइएको छ ।

खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *