थप खुकुलो बनाउँदै एक साता लम्बियो उपत्यकामा निषेधाज्ञा, निजी सवारीमा जोरविजोर प्रणाली (सूचनासहित)
![थप खुकुलो बनाउँदै एक साता लम्बियो उपत्यकामा निषेधाज्ञा, निजी सवारीमा जोरविजोर प्रणाली (सूचनासहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/04/cdo-kathmandu.jpg)
६ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । एक हप्ताका लागि लागू गरिएको नयाँ नियम अनुसार अब निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ ।
यस्तै बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्मका लागि ल्याएका नयाँ नियममा के के छन् ?
तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेट विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।
प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ ।
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकूद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ ।
यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् । बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताउनु भयो । खाद्यान्न, फलफूल र तरकारी पसल चाही हरेक दिन ११ बजेसम्म खुल्नेछ ।
विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चल्न दिइने भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातिबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू छ ।
प्रतिक्रिया