राजनीति

सरकारको वैधतामाथि प्रश्न उठाउँदै लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बैठक बहिस्कार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ६ गते १६:५५
सरकारको वैधतामाथि प्रश्न उठाउँदै लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बैठक बहिस्कार (भिडियो रिपोर्टसहित)

६ असार २०७८ लुम्बिनी । विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकार वैध कि अवैध भनेर छुट्याउन माग गर्दै प्रदेशसभा बैठक बहिस्कार गरेको छ ।

सरकार अल्पमतमा रहेको विपक्षीको दावी छ । प्रदेशसभामा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारसँग बहुमत छ कि छैन भनेर पहिले छुट्टिनुपर्ने माग गर्नुभयो । त्यसपछि मात्रै प्रदेश सरकारले ल्याएको बजेट पास गर्नतिर सोच्न सकिने विपक्षी गठबन्धनको अडान छ ।

यही विवादका बीच कांग्रेस, माओवादी, जसपासहितको विपक्षी गठबन्धनले आज प्रदेशसभामा आफ्नो धारणा राखेर बैठक बहिस्कार गरेको छ । विपक्षी गठबन्धनले बहुमत भए बजेट पारित गरेर देखाउन चुनौती दिएको छ ।

अर्थमन्त्रीले छलफल शुरु गर्ने र छलफलको जवाफ दिने कार्यसूची रहेको थियो । तर विपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि आज छलफल हुन सकेन । विपक्षी दलहरुलाई मिलाएर संसद चलाएर बजेट पास गर्ने रणनीति सत्तापक्षको रहेको छ ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भए पनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।

विपक्षीको दावी अनुसार मुख्यमन्त्रीसँग प्रदेशसभामा विश्वासको मत छैन । यही विवादका बीच कांग्रेस, माओवादी, जसपासहितका विपक्षी गठबन्धनले आइतबारको प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर बहिष्कार गरेको छ ।

बैठकमा आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची थियो। विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएको छ ।

उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भए पनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् । विपक्षीको दावी अनुसार मुख्यमन्त्रीसँग प्रदेशसभामा विश्वासको मत छैन । तर मुख्यमन्त्री पोखरेलले आफूसित बहुमत रहेको दावी गर्दै आउनुभएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्