Main News

कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु, २४५६ संक्रमित थपिए

हिमालय टिभी
२०७८ असार ६ गते १६:४१
कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु, २४५६ संक्रमित थपिए

६ असार २०७८ काठमाडौं । कारोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको मन्त्रलायले जनाएको छ ।

पछिल्लो पटक देशभर थप २ हजार ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ४ सय ५६ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले दिएको जानकारी अनुसार चौविस घण्टामा पीसीआर र एन्टीजेन विधिबाट गरी कुल १० हजार ९५६ जनाको कोभिड–१९ परीक्षण भएको थियो ।

सो परीक्षणबाट कुल २ हजार ४४२ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो । जसमध्ये आज काठमाडौँमा ४५० , भक्तपुरमा २५ र ललितपुरमा ५३ जना गरी काठमाडौँ उपत्यकामा ५२८ जना थपिएका छन् ।

देशभर हाल ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित रहेकोमा ५१ हजार ८ सय ३३ जना होम आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै संस्थागत आइशोलेशनमा ३६ सय ९९ जनाको संस्थागत आइशोलेशनमा रहेकोमा ती मध्ये ८ सय ७१ जनाको आइसीयू र २ सय ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा पौडेलले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *