Main News

सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन मन्त्री अरगरियाको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ६ गते १६:२६
सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन मन्त्री अरगरियाको निर्देशन (भिडियो रिपोर्टसहित)

६ असार २०७८ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिनुभएको छ ।

पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनः निर्माणका कामलाई पारदर्शी बनाउन निर्देशन दिनुभएको हो । मन्त्री अरगरियाले भ्रष्टाचार हुन नदिन सचेत गराउनुभयो ।

मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा मन्त्री अरगरियाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले पशुपति क्षेत्रलाई तपोभुमिको रुपमा विकास गर्ने ध्येय रहेको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषले दाताको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिर बनाउन लागेको सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *