लिपिङ पुलमा कटानपछि कोदारी राजमार्ग अवरुद्ध
६ असार २०७८ चौतारा । लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि कोदारी राजमार्ग अवरुद्ध भएको छ।
मितेरी पुलभन्दा अगाडि रहेको लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि जोखिमका कारण सवारी साधनलाई रोक लगाइएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जोखिमका कारण पुलबाट यातायात सञ्चालन गर्न नदिइएको बताउनु भयो । पुलको आधार क्षेत्र नै कटान भएपछि आउ जाउ बन्द गरिएको हो ।
पुलबाट यातायातका साधन सन्चालनमा रोक लगाइएपछि अत्यावश्यक सामग्री ल्याउन समस्या भएको तातोपानी भन्सार नाकाका भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।
बाटो बन्द भएपछि स्वास्थ्य सामग्री, अक्सिजन प्लान्ट, विद्युत गृहका उपकरण, दैवीप्रकोप राहतका सामग्रीहरु ल्याउन समस्या भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गत शुक्रबार पुल संरक्षणका लागि आवश्यक सहयोग गर्न भन्दै भौतिक योजना मन्त्रालय, गृह मन्त्रालय र सडक विभागलाई अनुरोध पत्र पठाएको थियो । तर, अहिलेसम्म पुल संरक्षणको काम हुन सकेको छैन ।
प्रतिक्रिया