Main News

सिमराको स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु

हिमालय टिभी
२०७८ असार ६ गते ८:२८
सिमराको स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु

६ असार २०७८ सिमरा । सिमराको जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । तीन जना मजदुर घाइते भएका छन् ।

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा गएराती आगलागी भएको हो । आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षीय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेका छन् ।

घाइतेको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेकोमा गम्भिर एक जनालाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ । दुईवटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *