मनाङको हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थाल्यो, तत्काललाई जोखिम ट-यो
६ असार २०७८ काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ ।
हिजो दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।
नदी खुलेपछि बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वसूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।
यस वर्षको मनसुनको शुरुमै अत्यधिक वर्षा हुँदा मनाङमा व्यापक क्षति भएको छ ।, अहिलेसम्म क्षतिको मूल्यांकन नै गर्न सकिने अवस्था नरहेको डीएसपी खड्काले बताउनुभयो ।
प्रहरीका अनुसार माथिल्लो मनाङतिर माटो र ढुंगाले बनेका कतिपय घरहरु भत्किएका छन् । कतिपय घरहरु उच्च जोखिममा छन् ।
प्रतिक्रिया