Main News

सिन्धुपाल्चोकमा बाढीले हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ५ गते १४:२१
सिन्धुपाल्चोकमा बाढीले हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत (भिडियो रिपोर्टसहित)

५ असार २०७८ मेलम्ची । सिन्धुपाल्चोकमा आएको बाढीले ठुलो मात्रामा उब्जाउ जमिन पनि नोक्सान गरेको छ । हजारौं रोपनी उर्बर जमिन अहिले बगरमा परिणत भएको छ ।

मेलम्चीमा आएको बाढीले ठुलो खेतीयोग्य जमिन बगरमा परिणत भएको हो । दर्जनौं घर काम नलाग्ने भएका छन् । सँगसँगै हजारौं रोपनी खेतीयोग्य जग्गा पनि अब काम नलाग्ने भएको छ । पुर्खाले जोडेको जमिन बगर बनेको हेरेर बस्नु बाहेक अहिले पीडितसँग कुनै विकल्प छैन ।

कसैले खेतमा मकै रोपेका थिए । अनी कसैले धान । तीनै खेतबारीको उब्जनीले कतिपयको घर खर्च चल्ने गरेको थियो । मानबहादुर खड्काले यहाँ १० रोपनी जग्गामा धान रोप्नु भएको थियो । अहिले उहाँको खेतको नामोनिशान नै छैन ।

मानबहादुर जस्तै रामकृष्ण सापकोटाको पनि उर्बर जमिन अहिले बगरमा परिणत भएको छ ।

हेलम्बु, चनौटे, तिम्बु, ग्याल्थुम, मेलम्ची लगायतका स्थानमा खोला अहिले १० देखि १५ मिटर माथिबाट बगिरहेको छ ।

मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको १ सय मिटर दुरी आसपासको जमिन अहिले बगर बनेको छ । कति जमिन काम नलाग्ने भयो भन्ने प्रशासनले डाटा निकालिसकेको छैन । तर यसबाट निकै ठुलो जग्गा अब काम नलाग्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *