Main News

धादिङमा पहिरोले डोजर पुरिँदा दुई जना बेपत्ता

हिमालय टिभी
२०७८ असार ५ गते १३:४४
धादिङमा पहिरोले डोजर पुरिँदा दुई जना बेपत्ता

५ असार २०७८ धादिङ । अविरल वर्षासँगै गएको पहिरोले डोजर पुर्दा उत्तरी धादिङको सेर्तुङमा दुई जना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै शुक्रबार साँझ ६ बजे रुवीभ्यालि गाउँपालिकास्थित् सेर्तुङमा सडक खन्ने क्रममा पहिरो जाँदा डोजरसहित २ जना बेपत्ता भएका हुन् । धादिङबेसी – तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा एक स्थानीय युवा र डोजर चालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बेपत्ता दुवैको खोजी भइरहेको जानकारी दिनु भएको छ ।

प्रहरी उपरीक्षक खड्काका अनुसार बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका २३ वर्षीय राजु पराजुली र सहचालक रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापाका २० वर्षीय जोजो तामाङ रहेका छन् ।

डोजर खोलामा माटोले पुरिएको अवस्थामा केही भाग देखिएकाले त्यसतर्फ जाने तयारी भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *