महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

Himalaya Television
२०७८ असार ५ गते ८:२३

महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

५ असार २०७८ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले महाकाली नदीको तटीय क्षेत्रका वासिन्दालई सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले बिहान सूचना जारी गर्दै महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ ।

महाकाली नदी तल्लो तटीय क्षेत्र डुबान भइरहने भएकाले होचा स्थानमा हुनेहरूले साँझसम्मै सतर्कता अपनाउन अपिल गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs