Main News

पूर्वमन्त्रीलाई राजदूत नियुक्त गर्दा स्नातक नचाहिने प्रावधान कार्यान्वयनमा रोक

हिमालय टिभी
२०७८ असार ५ गते ७:५६
पूर्वमन्त्रीलाई राजदूत नियुक्त गर्दा स्नातक नचाहिने प्रावधान कार्यान्वयनमा रोक

५ असार २९७८ काठमाडौं । पूर्वमन्त्रीलाई राजदूत नियुक्ति गर्दा न्यूनतम शैक्षिक योग्यता स्नातक नचाहिने प्रावधान कार्यान्वयनमा पनि सर्वोच्च अदालतले रोक लगाएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इलजासले यस्तो आदेश दिएको हो । सरकारले डेढ महिनाअघि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ संशोधन गर्दै राजदूतमा नियुक्त हुने व्यक्तिसँग मन्त्री भइसकेको अनुभव भए स्नातक उत्तीर्ण नभए पनि हुने व्यवस्था गरेको थियो ।

तर, सर्वोच्चले त्यस्तो व्यवस्था गैरसंवैधानिक हुने बताएको छ । त्यसले संविधानमा उल्लेख समानताको हकलाई उल्लंघन गरेको र शैक्षिक योग्यतालाई उपेक्षा गर्दा कूटनीतिक क्षेत्रमा गम्भीर र दूरगामी असर पर्ने सर्वोच्चको आदेश छ ।

यसअघि सर्वोच्चले दिएको फैसलामा राजदूतको शैक्षिक योग्यताका विषयमा व्याख्या भइसकेकाले निर्देशिका संशोधन गर्दा यस विषयमा पनि ध्यान दिनुपर्ने आदेशमा उल्लेख छ ।

राजदूत पद आफैँमा सार्वभौम राज्यको नै प्रतिनिधित्व गर्ने हुँदा सम्मानित, प्रतिष्ठित र मर्यादित हुनुपर्ने भएकाले शैक्षिक योग्यताको पनि भूमिका रहने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *