Main News

मेलम्ची खोलामा फेरि पानीको बहाव उच्च तहमा

हिमालय टिभी
२०७८ असार ५ गते ७:५२
मेलम्ची खोलामा फेरि पानीको बहाव उच्च तहमा

५ असार २९७८ काठमाडौं । मेलम्ची खोलामा फेरि पानीको बहाव उच्च तहमा पुगेको छ।

असार १ गतेजस्तै गरी मेलम्ची खोला उर्लिएको स्थानीय बताएका छन्। मेलम्ची खोलामा काठपातसहसहित लेदाका साथै पानी उच्च तहले बढेको हो ।

बाढीले हेलम्बु गाउँपालिकाको ग्याल्थुम, चनौटेलगायत बजारमा खोला पसेको छ। हेलम्बुको तिम्बू र किउल जोड्ने रातो पुलसमेत बाढीको उच्च जोखिममा परेको छ। नदीको बहाव बढेसँगै तल्लो तटीय क्षेत्रमा रहेका स्थानीयलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छन् ।

गएराति ९ बजेर ४५ मिनेटमा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङग्री काउन्टीको रोङ्जिया सहरमा पहिरोका कारण नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको बताएको हो ।

रोङ्जिया सहर र आसपासमा भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको कार्यालयले जनाएको छ ।

कार्यालयले तामाकोसी नदीमा जुनसुकै बेला पानीको मात्रा बढेर बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । कुनै पनि खतराको संकेत पाउना साथ प्रशासनलाई खबर गर्न पनि जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि भारी वर्षाका कारण नदीहरुमा बहाव बढेर बाढी पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अपिल गरेको छ ।

जल तथा मौसम विभागले पनि होसियारी अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ। विभागले सिन्धुपाल्चोकको बाह्रबिसे भोटेकोशी नदीमा जलसतह बढेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *