Main News

मेलम्चीमा बाढीले विचल्लीमा पारेकाहरुको पीडा… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ४ गते २०:५१
मेलम्चीमा बाढीले विचल्लीमा पारेकाहरुको पीडा… (भिडियो रिपोर्टसहित)

४ असार २०७८ मेलम्ची । सिन्धुपाल्चोक जिल्ला केही वर्षयता वर्षेनी प्राकृतिक विपद्को चपेटामा पर्ने गरेको छ । यो वर्ष पनि मनसुन शुरु भएको पहिलो हप्ता बाढीले विनाश गर्‍यो । मेलम्चीमा आएको बाढीले घरखेत गुमाएका बासिन्दा अहिले पीडामा डुबेका छन् ।

मेलम्चीका बुद्धि गौतमले घरमै बेकरी पसल चलाउँदै आउनुभएको थियो । तर मंगलबारको बाढीले उहाँको घर पसल केही रहेन । दुःख गरेर बनेको घर डुबेको देखेका उहाँका आँखामा अझै आँसु थामिएका छैनन् ।

रामेछापको पुर्ख्यौली थातथलो सबै बेचेर उहाँ मेलम्ची सर्नुभएको थियो । र मेलम्चीमा घर ठड्याउन उहाँले निक्कै दुःख र हण्डर खानु भयो । उहाँले वर्षौदुख गरेर जोडेको घर, खेत बाढीले बगरमा परिणत भयो ।

व्यवसायका लागि ऋण लिन उहाँले घर बैंकमा धितो राख्नु भएको थियो । तर यो बाढीले घर नै रहेन । यो निराशका बिच उहाँको आशा अब सरकारमाथि छ ।

सन्जु चालिसेको पीडा पनि बुद्धिको जस्तै छ । आयआर्जन गर्दै आएको उहाँको रिसोर्ट हेर्दाहेर्दै बगर भयो । घर, खेत केही रहेन । मनमा अथाह पीडा भए पनि, हासेजस्तो गर्नुको विकल्प सन्जुसँग छैन ।

रुकमणि भट्टराईले आफ्नो घर बाढीले पुर्ला भन्ने कुनै कल्पना नै थिएन । किनकी घरसम्म खोलो आउन असंभव थियो । तर मंगलबारको बाढीले त्यो असंभवलाई संभव बनायो । र उहाँको घर अहिले गेगरले पुरियो । मेलम्चीमा बस्न सुरक्षित नभएपछि उहाँ आफन्तको जानलाग्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *