Main News

राष्ट्रपति भण्डारीद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग भेटवार्ता

हिमालय टिभी
२०७८ असार ४ गते १८:२७
राष्ट्रपति भण्डारीद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग भेटवार्ता

४ असार २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज गृहमन्त्री र तीनवटै सुरक्षा निकायका प्रमुखसँग भेटवार्ता गर्नुभएको छ ।

विपद् व्यवस्थापनमा भइरहेको तयारीबारे जानकारी लिन भन्दै राष्ट्रपति भण्डारीले आज गृहमन्त्री खगराज अधिकारी, नेपाली सेनाका प्रमुख पुर्ण चन्द्र थापा, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र नेपाल प्रहरी प्रमुख शैलेश थापासँग सामूहिक रुपमा भेट्नुभएको हो ।

भेटमा गृहमन्त्री र तीनवटै सुरक्षा निकायका प्रमुखले विपद् व्यवस्थापनका लागि भइरहेको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । प्राकृतिक प्रकोपबाट जुध्न भएका तयारीवाहेक अन्य विषयमा कुराकानी नभएको सशस्त्र प्रहरीका महानिरीक्षक खनालले बताउनुभयो ।

संविधान अनुसार आलंकारिक भूमिकामा मात्रै रहेकी राष्ट्रपति भण्डारीको यो सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा निकाय र गृहमन्त्रालयले कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने व्यवस्था छ ।

तर यसअघि पनि अनावस्यक काममा सक्रिय भएको आरोप खेपिरहेकी राष्ट्रपति भण्डारी अब विपद व्यवस्थापनमा पनि अघि सर्नुभएको छ । कतिपयले यसलाई सुरक्षा निकायसँग नजिक हुने राष्ट्रपतिको प्रयासका रुपमा अर्थ्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *