Main News

मेलम्चीका बाढीपहिरो पीडितको राहतमा राजनीति, पीडित राहतको बहुँचबाहिर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ४ गते १७:२२
मेलम्चीका बाढीपहिरो पीडितको राहतमा राजनीति, पीडित राहतको बहुँचबाहिर (भिडियो रिपोर्टसहित)

४ असार २०७८ मेलम्ची । बाढी प्रभावित मेलम्ची बजार क्षेत्रमा राहतको ओइरो लागेको छ । तर वितरणमा भने समस्या देखिएको छ । वितरण एकै ठाउँमा केन्द्रित हुँदा सडक नभएका माथिल्लो भेगका पीडितले राहत पाउन सकिरहेका छैनन् ।

मेलम्ची बजार क्षेत्रको । जहाँ राहत वितरणलाई लिएर यसरी विवाद भइरहेको छ । राहत वितरणमा पनि राजनीति भएको भन्दै विवाद चलेको छ ।

यो त एउटा उदाहरण मात्रै हो । अहिले मेलम्ची क्षेत्रमा यस्तै भद्रगोल देखिएको छ । बाढीका कारण हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको खोला नजिकै रहेका वस्ती धेरै प्रभावित छन् । बाढीले ठुलो क्षति गरेको मेलम्ची बजारमा राहत लिएर पुग्नेको लर्को लागेको छ । तर मेलम्ची बजारभन्दा माथि रहेका वस्ती तिम्बू, चनौटे, हेलम्बू, ग्याल्थुम लगायतका प्रभावित क्षेत्रमा भने राहत पुग्न सकेको छैन ।

बाढीका कारण सडकमा पनि क्षति पुगेको छ । सडक सञ्जाल नहुँदा आवश्यक स्थानमा राहत पुर्याउन कठिन छ । हेलम्बू क्षेत्रका बासिन्दा पनि अहिले राहतको पर्खाइमा छन् । उनीहरुलाई यतिबेला खाद्यान्न भन्दा पनि जस्तापाता, ओड्ने ओच्छ्उाृननेको आवश्यक छ ।

संकटको घडीमा सिन्धुपाल्चोकका धेरै स्थानमा राहतको आवश्यकता छ । तर राजनीतिक खिचातानीका कारण एकातिर राहत वितरणमा भद्रगोल देखिएको छ भने अर्कातिर वास्तविक पीडितसम्म पुग्न सकेको छैन । प्रशासनले एकद्धार प्रणालीमार्फत राहत वितरण गरिरहेको जनाएको छ । तर व्यवस्थित गर्न भने सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *