Main News

कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु, २७६८ जना संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ४ गते १७:०८
कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु, २७६८ जना संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

४ असार २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । २७ सय ६८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले निकालेको विवरण अनुसार पछिल्लो २४ घण्टा र यसअघि नेपाली सेनाले गरेको शव व्यवस्थापनका आधारमा थप ४४ जनाको मृत्यु भएको हो । यो सँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ ।

पछिल्लो पटक ७ हजार ५ सय ६९ पीसीआर परीक्षण गर्दा १९ सय ६३ र ५ हजार ४ सय ६८ एन्टिजेन परीक्षण गर्दा ८ सय पाँचजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ५ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । ति मध्ये काठमाडौंमा ३ सय ९४, ललितपुर ६० र भक्तपुरमा ५४ संक्रमित थपिएका छन् ।

उपत्यकावाहिर बागलुङमा सबैभन्दा धेरै २ सय ६२ संक्रमित भेटिएका छन् । पछिल्लो पटक थप ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । अब सक्रिय संक्रमितको संख्या ५९ हजार ६ सय २४ मा झरेको छ ।

हाल ९ सय १६ जनाको आइसीयु र २ सय ४९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *