Main News

आज पनि देशका विभिन्न भागमा वर्षा हुने

हिमालय टिभी
२०७८ असार ४ गते ८:३७
आज पनि देशका विभिन्न भागमा वर्षा हुने

४ असार २०७८ काठमाडौं । मनसुनी वायुको प्रभाव रहेकाले आज देशका अधिकांश स्थानरुमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमाती र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आज बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हलका वर्षा भइरहेको छ।

दिउँसो पनि देशभरको मौसम बदली रहने छ। देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार दिउँसोसम्म देशभरको मौसम बदली रही देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *