नेपालले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज खोप खरिद गर्ने
३ असार २०७८ काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ ।
नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो ।
त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन । तर अरु कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ ।
कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख खरिद गर्ने र पहिलो लट जुन महिनाभित्र आउने जानकारी दिनुभएको थियो ।
अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको र आगामी साउनदेखि नागरिकहरुलाई लगाउन थालिने बताइएको छ ।
प्रतिक्रिया