Main News

चारैतिर बाढीले ढाकेपछि होटलको छतमा फसेकाको यसरी गरियो हेलिकोप्टरबाट उद्धार

हिमालय टिभी
२०७८ असार २ गते १५:१३
चारैतिर बाढीले ढाकेपछि होटलको छतमा फसेकाको यसरी गरियो हेलिकोप्टरबाट उद्धार

२ असार २०७८ चौतारा । सिन्धुपाल्चोकको मेलम्ची बजारको होटल रोजको छतमा फसेका तीन जनालाई नेपाली सेनाको टोलीले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।

उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो । चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटल बाढीमा डुबेको थियो ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जनालाई स्काभेटरको मद्दतमा उद्धार गरिएको छ।

खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि गएराति बीचमै रोकिएका थिए।उनीहरुलाई आज बिहान उद्धार गरिएको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।

खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान सकेको थिएन। त्यसपछि स्काभेटर मगाएर उनीहरुलाई उद्धार गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *