सर्वसाधारणलाई मोबाइलमै बाढीपहिरोको पूर्वसूचना
२ असार २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ ।
बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीका अनुसार मनसुन शुरु भएयता ‘खोला नदीमा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस्’ भन्ने खालका सन्देशसहित साढे दुई लाख मोबाइलमा एसएमस पठाइएको जनाएको छ ।
हिजो साँझसम्म नेपाल टेलिकमबाट एक लाख ७२ हजार एक सय ३९ र एनसेलबाट ८२ हजार ६ सय ३४ गरी दुई लाख ५४ हजार सात सय ७३ वटा एसएमएस पठाइएको महाशाखाले जनाएको छ ।
सरकारले वर्षाको मापन गर्न स्वचालित केन्द्र स्थापना गरेको छ । ती केन्द्रबाट हरेक १० मिनेटमा नदी तथा खोलामा पानीको मात्रा कति छ थाहा हुन्छ ।
जोखिमको सम्भावना भएमा स्थानीय बासिन्दाको मोबाइलमा एसएमएस पठाउने गरिन्छ ।
प्रतिक्रिया