Main News

गण्डकी प्रदेशमा ठाउँठाउँमा बाढीपहिरोको वितण्डा

हिमालय टिभी
२०७८ असार २ गते ७:५८
गण्डकी प्रदेशमा ठाउँठाउँमा बाढीपहिरोको वितण्डा

२ असार २०७८ काठमाडौं । गण्डकी प्रदेशमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाएको छ ।

सोमबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रो पावरमा ठुलो क्षति पुर्याएको छ ।

बाढीले हाइड्रो पावरका २ वटा जेसिबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट, एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निमाणमा प्रयोग हुने विभिन्न उपकरणहरु बढीले बगाएको आयोजनाले जनाएको छ ।

बाढीले करिब ५० करोड बराबरको क्षति भएको सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योती ढुङ्गानाले जानकारी दिनुभयो ।

त्यसैगरी वर्षाका कारण पोखरा ९ नयाँबजार शिद्धमार्गदेखि सेती नदी जाने बाटो भत्कँदा वरपरका घरहरु जोखिममा परेका छन् ।

अविरल बर्षासंगै पोखरा रामघाटस्थित सेती नदीमा आएको पानीको बहाव बढेपछि नदी थुनिएर ताल बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *