Main News

बागलुङमा बाढीले बगाउँदा दुई जना बेपत्ता, पाल्पामा एक जनाको मृत्यु

हिमालय टिभी
२०७८ असार २ गते ७:५२
बागलुङमा बाढीले बगाउँदा दुई जना बेपत्ता, पाल्पामा एक जनाको मृत्यु

२ असार २०७८ काठमाडौं । बागलुङको बडिगार्ड र किमनी खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

बडिगार्ड खोलाले बगाएर एक महिला र किमनी खोलामा बाढी आउँदा १२ वर्षीय बालक बेपत्ता बेपत्ता भएका हुन् ।

गोरखाको ठोट्नी खोलामा बाढी आउँदा आरुघाट गाउँपालिका–२ ढोडेनीनिवासी गोविन्द चौधरी बेपत्ता हुनुभएको छ ।

पाल्पाको रिब्दीकोट गाँउपालिका ४ भैरवस्थानको मन्छिपमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यू भएको छ । घरमाथिबाट खसेको पहिरोले सोही स्थानमा महेन्द्र भट्टराई क्षेत्रीका १९ वर्षका छोरा मदन भट्टराईको मृत्यु भएको हो ।

लमजुङको अपर दोर्दी जलविद्युत् आयोजनाको ड्याम क्षतिग्रस्त भएको छ भने उदीपुरस्थित हिमालयन जलविद्युत्को पावर हाउस पनि जोखिममा परेको छ ।

चितवनको नारायणी नदीमा पानीको सतहले खतराको स्तर पार गरेको छ । बाढीले आठ मिटर नाघेपछि गण्डक ब्यारेजका सबै ३६ पवटा ढोका खोलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *