कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु, २७४५ जना संक्रमित थपिए
१ असार २०७८ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ४१ जनाको मृत्यु भएको छ । यही अवधिमा २ हजार ७ सय ४५ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो पटक कोरोना संक्रमणबाट थप ४१ जनाको ज्यान गएको छ । योसहित कुल मृतकको संख्या ८ हजार पाँच सय ६ पुगेको छ ।
पछिल्लो पटक २ हजार ७ सय ४५ संक्रमित थपिएका छन् । ७ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ८१ जनामा संक्रमण देखिएको छ भने ५ हजार ८ सय ४१ जनाको एन्टिजेन परीक्षणमा १ हजार ६४ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो पटक काठमाडौं उपत्यकामा पाँच सय ४५ जना संक्रमि थपिएका छन् । आज काठमाडौंमा ४ सय ५५ जना थपिँदा ललितपुरमा ७४ र भक्तपुरमा १६ जनामा संक्रमण देखिएको हो ।
उपत्यका बाहिर कास्कीमा १५६ जनामा संक्रमण देखिँदा धादिङमा ८३, झापा र मोरङमा ७०(७० जनामा संक्रमित थपिएका छन्। हाल ९ सय ६७ जनाको आइसियू र २ सय ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक ४ हजार १ सय ८७ जना संक्रमणमुक्त भएका छन्। योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेको छ । यो कुल संक्रमितको ८८ दशमलव ३ प्रतिशत हो ।
प्रतिक्रिया