Main News

चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न माग

हिमालय टिभी
२०७८ असार १ गते १७:४३
चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न माग

१ असार २०७८ काठमाडौं । पूर्वउपकुलपतिहरुले पदीय मर्यादा र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारसँग माग गरेका छन् ।

आज संयुक्त विज्ञप्ति निकालेर उनीहरुले यी संस्थालाई आफ्ना निकायहरूमार्फत् विधिअनुरूप काम गर्न दिन सरकारको ध्यानार्कषण गराएका हुन् ।

पूर्वाधार नै नपुगेको बीएडन्सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्सा शिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन एवं कानूनी राजको उपेक्षा गर्न नहिचकिचाउनु ठूलो दुर्भाग्य भएको विज्ञप्तिमा उल्लेख छ ।

झापाको बी एण्ड सी मेडिकल कलेजलाई अवैध प्रक्रियाबाट सम्बन्धन दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय र आयोगको स्वायत्ततामा पटक–पटक हस्तक्षेप गर्दै आएपछि पूर्व उपकुलपतिहरु विरोधमा उभिएका छन ।

आयोग र विश्वविद्यालयका पदाधिकारीलाई सम्बन्धन दिन सहमत नहुने भए पद छोड्न दबाब समेत दिने गरेका छन् ।प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठबाट आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई आइतबार सम्बन्धन दिने सिफारिस निर्णय हस्ताक्षर गर्न वा पद छाड्न दबाब दिइएको थियो ।

पूर्वउपकुलपति महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाशजंग शाह, तोरणबहादुर कार्की, कैलासनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, महेश्वरमान श्रेष्ठ, हिराबहादुर महर्जन, जयराज अवस्थी र नरेशमान बज्राचार्यले विज्ञप्ति निकालेर सरकारका कामप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *