Main News

सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ता घिमिरे र केसीको नाम एमिकस क्युरीमा सिफारिस

हिमालय टिभी
२०७८ असार १ गते १६:५९
सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ता घिमिरे र केसीको नाम एमिकस क्युरीमा सिफारिस

१ असार २०७८ काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा तटस्थ राय दिन सर्वोच्च अदालत बार एशोसिएसनले एमिकस क्युरीका लागि वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाश केसीको नाम पठाएको छ।

आज बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको हो । इजलासलाई सही राय र संविधानको व्याख्यामा सहयोग पुग्ने देखेकाले घिमिरे र केसीलाई पठाएको सर्वोच्च बारले जनाएको छ ।

प्रतिनिधि सभा विघटनको मुद्दा ९ गतेदेखि सुनुवाइ हुँदैछ। सर्वोच्चले नेपाल बार र सर्वोच्चबाट २–२ जानको नाम मागेको थियो।

दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *