Main News

नेपाललाई भ्याक्सिन र अक्सिजन दिन एम्नेष्टी युकेको आग्रह

हिमालय टिभी
२०७८ असार १ गते १४:०१
नेपाललाई भ्याक्सिन र अक्सिजन दिन एम्नेष्टी युकेको आग्रह

१ असार २०७८ लण्डन । नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले सोमबार विज्ञप्ति निकालेर विश्व समुदायलाई आग्रह गरेको छ ।

नेपालमा रहेको हालको पूर्वाधारले अहिलेकै अवस्थाको कोभिड बिरामी धान्न समस्या भइरहेकाले अक्सिजन, आइसियू शय्या, व्यक्तिगत सुरक्षा उपकरण र खोप लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरिएको हो ।

एम्नेस्टी इन्टरनेशनलका एशिया–प्यासिफिक निर्देशक यामिनी मिश्राले भारतमा जस्तै परिस्थिति नेपालमा पनि आउन सक्ने भएकाले तत्कालै अक्सिजन, भेन्टिलेटर, खोप तथा अन्य जीवनदायी उत्पादनको आपूर्ति गनुपर्ने अवथा रहेको बताउनुभयो । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेपाललाई अझ बढी खोपको आवश्यकता पर्दछ ।

चीन र अमेरिकाजस्ता मुलुकले खोप उपलब्ध गराउने बचन दिए पनि यो पर्याप्त छैन । खोपमा समान पहुँच सुनिश्चित गर्न कोभाक्सजस्ता विश्वव्यापी प्रणालीलाई स्पष्टरूपमा समर्थन प्रदान गर्नुपर्छ र स्थानीयरूपमा खोप उत्पादन गर्न संशाधन र प्रविधि स्थानान्तरणलाई प्राथमिकता दिनुपर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *