Main News

आज देशभरको मौसम प्रतिकुल रहने

हिमालय टिभी
२०७८ असार १ गते ९:०८
आज देशभरको मौसम प्रतिकुल रहने

१ असार, २०७८ काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभरको मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना समेत रहेको महाशाखाको भनाइ छ ।

आज बिहानको बहानको मापन अनुसार कन्काई, कोशी, बागमती, नारायणी, कणााली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य अवस्थामा रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *