Main News

आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण नहुने

हिमालय टिभी
२०७८ असार १ गते ८:१२
आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण नहुने

१ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी नआउने भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यका अनुसार पानी आउने सुरुङ परीक्षण गरिने भएकाले पानी वितरण नगरिने भएको हो ।

उहाँका अनुसार केयूकेएल अन्तर्गतका दुईलाख ३० हजार उपभोक्ता भनेजति पानी उपभोग गर्नबाट बञ्चित हुने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न हतार गर्दा यस्तो अवस्था आएको हो ।

चैत १५ गते केयुकेएलले एकसाथ चुच्चेपाटीको महाँकालको पानी ट्यांकीबाट उपत्यकामा पानी वितरण थालेको थियो । फेरि पछि केयूकेएलले गरेको उद्घाटनको आपत्ति जनाउँदै राष्ट्रपतिद्वारा उद्घाटन गरियो ।

सरकारले मेलम्चीको पानी उपत्यकामा आएको उपलक्ष्यमा परीक्षण नै नगरी तीनपटक उद्घाटन गरेको थियो । परीक्षणकै समयमा मेलम्चीको पानी उद्घाटन गर्न नहुने गुनासो उतिबेला नै आएको थियो ।

अब दुई महिनाजति उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने छैनन् । चरणबद्ध रुपमा पानी बढाउँदै दैनिक १७ करोड लिटर पानी उपत्यकाबासीले उपभोग गर्दै आएका थिए ।

मेलम्चीको पानी बन्द भएपछि केयूकेएलले पुरानो खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *