Main News

काठमाडौं उपत्यकासहित १७ जिल्लामा केही खुकुलो बनाएर निषेधाज्ञा थपियो, के गर्न पाइन्छ के पाइन्न ?

हिमालय टिभी
२०७८ असार १ गते ८:०७
काठमाडौं उपत्यकासहित १७ जिल्लामा केही खुकुलो बनाएर निषेधाज्ञा थपियो, के गर्न पाइन्छ के पाइन्न ?

१ असार २०७८ काठमाडौं । कोरोना नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ ।

थपिएका १७ जिल्लाबाहेक कतिपय जिल्लामा यसअघि लगाइएको निषेधाज्ञाको समयसीमा असारसम्मै कायम छ । ती १७ जिल्लामा भने जेठ मसान्तको राति १२ बजे निषेधाज्ञाको समय सकिएपछि खुकुलो प्रावधानसहित नयाँ व्यवस्था गरिएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

सरकारले कोभिड–१९ सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार ७७ जिल्लामध्ये ७५ जिल्लामा वैशाख १३ गतेदेख निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *