Main News

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

हिमालय टिभी
२०७८ जेठ ३१ गते १८:४९
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

३१ जेठ २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको अवस्था सामान्य हुँदै गएको छ ।

नर्भिक अस्पताल भर्ना गरिएका खनालको अहिले ज्वरो सामान्य अवस्थामा आएको छ । अस्पतालका अनुसार नेता खनाललाई ९ दिनदेखि ज्वरो आइरहेको थियो ।

ज्वरो कम नभइ थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि खनाललाई आज बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

अहिले आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । खनाललाई अक्सिजनको सपोर्ट भने दिनु परेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार खनालको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान छ । केही समय अघि खनाल कोरोना संक्रमण भएर निको हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *