Main News
कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु, २९१८ संक्रमित थपिए
२०७८ जेठ ३१ गते १७:१४
३१ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ । पछिल्लो पटक ९ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षणमा २ हजार ४९ र ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षण गर्दा ८ सय ६९ जनामा संक्रमण देखिएको छ । यो हिजोको तुलनामा केही बढी हो ।
काठमाडौं उपत्यकामा थप ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंका ३ सय ९६, ललितपुरका १ सय ४५ र भक्तपुरका ६६ जना छन् ।
पछिल्लो पटक ५ हजार १ सय ४७ जना संक्रमण मुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ६५ हजार ८ सय ४ मा झरेको छ ।
देशभर ९ सय ९५ जना संक्रमितको आईसीयु र ३ सय २४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया