Main News

पानी जहाज सञ्चालनको रुट र खुवालुङबारे यसो भन्छन् मन्त्री नेम्वाङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३१ गते १६:३९
पानी जहाज सञ्चालनको रुट र खुवालुङबारे यसो भन्छन् मन्त्री नेम्वाङ (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७८ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गरिने बताउनु भएको छ।

पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा मन्त्री नेम्वाङले खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने बताउनुभयो । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उहाँले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो – ‘खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएका छौँ । खुवालुङको संरक्षण गर्दै त्यसलाई नचलाइकन गर्दैछौँ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर हामीले गर्न खोजेको होइन् ।’

आगामी दिनको कार्यायोजना स्पष्ट रुपमा बनाएर काममा लाग्न पनि उहाँले पानीजहाज कार्यालयलाई निर्देशन दिनुभयो । त्यसैगरी यातायात व्यवस्था विभागले पनि हालसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *