Main News

पूर्वसांसद अधिकारीको निधन

हिमालय टिभी
२०७८ जेठ ३१ गते ८:२९
पूर्वसांसद अधिकारीको निधन

३१ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहनुभएका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।

उहाँको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मनुभएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *