आयोग उपाध्यक्ष गिरीलाई सरकारबाटै सुरक्षा खतरा रहेको दाबी

३० जेठ २०७८ काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीलाई सरकारबाटै असुरक्षा रहेको भन्दै बृहत् नगारिक आन्दोलन र सोलिडारिटी फर डाक्टर केसी अलायन्सले सुरक्षाको माग गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उपाध्यक्ष गिरीलाई बालुवाटारमै बोलाई प्रक्रिया मिचेर झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिएको बृहत नागरिक आन्दोलन र अलायन्सको दाबी छ ।
शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डाक्टर गिरीलाई सम्बन्धन गर्ने निर्णयमा हस्ताक्षर गर्न नभए राजीनामा दिन धम्कीसहित चरम दबाब दिएको विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डाक्टर गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न अलायन्सले सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गरेको छ ।
सरकारले बी एण्ड सी मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन लागेको भन्दै बृहत् नगारिक आन्दोलन र सोलिडारिटी फर डाक्टर केसी अलायन्सले विरोध जनाउँदै आएको छ ।
प्रतिक्रिया