Main News

सरकारले विज्ञापन व्यवसायीलाई उपेक्षा गरेको आनको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३० गते १७:१९
सरकारले विज्ञापन व्यवसायीलाई उपेक्षा गरेको आनको आरोप (भिडियो रिपोर्टसहित)

३० जेठ २०७८ काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन व्यवसायीलाई उपेक्षा गरी विज्ञापन क्षेत्रमा एकद्वार नीति ल्याउन लागिएको भन्दै विरोध गरेको छ ।

नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानून तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भूमिकालाई खुम्च्याउँदै लगेको आरोप लगाउनुभयो ।

उहाँले ऐन, कानूनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । बोर्डले सरकारी विज्ञापन दामासाही तरिकाले बाँड्ने भनेकोमा उहाँले आपत्ति जनाउनुभयो ।

सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा विज्ञापन दिनुपर्ने उहाँले बताउनुभयो । विज्ञापनमा एकद्वार नीति सञ्चार माध्यम, विज्ञापन व्यवसायी र सरकार सबैका लागि प्रत्युत्पादक हुने उहाँको दावी छ ।

नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष रवीन्द्र रिजालले सरकार अथवा निजी क्षेत्रले गर्ने विज्ञापनसम्बन्धी काम विज्ञापन व्यवसायीमार्फत गर्दा नै मिडिया हाउसलाई सहज हुने बताउनुभयो । विज्ञापनसँग सम्बन्धित नीति, नियम बनाउँदा विज्ञहरुसँग छलफल परामर्श नगरिएको रिजालले गुनासो गर्नुभयो ।

आगामी दिनमा विज्ञापन व्यवसायलाई अप्ठ्यारो पार्ने काम गरिए कानूनी बाटो समात्ने र संघर्षको कार्यक्रम गर्ने पनि आनले चेतावनी दिएको छ ।

आनले आफ्नो स्थापना दिवसको अवसर पारेर आजदेखि असार ७ गतेसम्म विज्ञापन सप्ताह मनाउँदै छ । हप्ताभरि विभिन्न कार्यक्रम गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *