Main News

काठमाडौं महानगरले रोकिएको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने

हिमालय टिभी
२०७८ जेठ ३० गते १७:१२
काठमाडौं महानगरले रोकिएको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने

३० जेठ २०७८ काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले ३१ गतेदेखि असार १ गतेसम्म ६० देखि ६१ वर्ष उमेरका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

महानगरसँग अहिले पनि कोरोना विरुद्धको भेरोसेल खोप बाँकी रहेकाले खोप लगाउन छुटेका जेष्ठ नागरिकलाई पहिलो मात्राको खोप लगाउन लागेको हो ।

६० देखि ६१ वर्षका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्र लगाएका व्यक्ति,स्वास्थ्यकर्मी, चिकित्सक, नर्सिङ र पारामेडिकल विद्यार्थीलाई यो खोप उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

यो खोप वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र शैनिक अस्पताल, निजामती कर्मचारी अस्पतालमा पुगेर लगाउन सकिनेछ ।

भेरोसेलको पहिलो मात्रा यसअघि जेठ २५ गतेदेखि २७ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *