Main News

प्रधानमन्त्री ओलीद्वारा देशकै पहिलो लिक्विड अक्सिजन प्लान्ट शिलान्यास

हिमालय टिभी
२०७८ जेठ ३० गते १७:०९
प्रधानमन्त्री ओलीद्वारा देशकै पहिलो लिक्विड अक्सिजन प्लान्ट शिलान्यास

३० जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गर्नुभएको छ ।

रुपन्देहीको सिमरहवामा स्थापना हुने प्लान्टको प्रधानमन्त्री ओलीले भर्चुअलरूपमा अक्सिजन शिलान्यास गर्नुभयो । यो प्लान्टबाट दैनिक ६० मेट्रिक टन उत्पादन हुन्छ ।

यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिने बताइएको छ । उद्योगी शंकर अग्रवालको लगानीमा प्लान्ट बनाउन लागिएको हो ।

शिलान्यासपछि कार्यक्रमलाई बालुवाटारबाटै सम्बोधन प्रधानमन्त्री ओलीले कोरोना महामारीको दोस्रो लहर शुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो ।

सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको प्रधानमन्त्रीले बताउनुभयो ।

अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री अनुसार अक्सिजन प्लान्को स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *