Main News

कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु, ३९९४ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ ३० गते १६:४८
कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु, ३९९४ जना संक्रमित थपिए

३० जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय १२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ६९४ जना र एन्टिजेन परीक्षणबाट ७१३ जना संक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ६५३ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

गत २४ घण्टाको अवधिमा ३ हजार ९९४ जना संक्रमण मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।

देशभर हाल ६४ हजार ७४४ जना होम आइसोलेसन, पाँच हजार २११ जना संस्थागत आइसोलेसन, एक हजार १०० जना आईसीयू तथा ३४७ जना भेन्टिलेटरमा उपचाररत रहेका जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *