लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित (भिडियो रिपोर्टसहित)

३० जेठ २०७८ बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।
सरकारले गत मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति कार्यक्रम आज बहुमतले पारित भएको हो । नीति कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो ।
कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
सरकारले नीति तथा कार्यक्रममा कोभिड–१९ सहित सबैखाले महामारीमा स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउने गरी पूर्वाधार निर्माण, औषधि, स्वास्थ्य उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।
विपक्षी दलहरुले सरकार अल्पमत रहेको दाबी गरिरहेका बेला नीति तथा कार्यक्रम पारित भएपछि मुख्यमन्त्री पोखरेललाई केही सहज भएको छ ।
प्रतिक्रिया