Main News
गण्डकीमा प्रतिगमनका मतियारलाई हटाउन सफल भएको जनमोर्चाको टिप्पणी
२०७८ जेठ ३० गते १४:०८

३० जेठ २०७८ काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती निकाली संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि गठबन्धनले विफल बनाएको दाबी गर्नुभयो ।
उहाँले गण्डकी प्रदेशको सरकारलाई हटाउनका लागि विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि लगातार सदनभित्र, अदालत र सडकमा संघर्ष गरिरहेको जानकारी दिनुभयो ।
प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका केसीको टिप्पणी छ ।
प्रतिक्रिया