Main News
गण्डकीका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा
२०७८ जेठ ३० गते १३:१३
३० जेठ २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिनु भएको छ ।
गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिनुभएको हो ।
एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री बन्नु भएको छ ।
मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ।
प्रतिक्रिया