Main News

गण्डकीमा मुख्यमन्त्री पोखरेलले नै बजेट प्रस्तुत गर्ने

हिमालय टिभी
२०७८ जेठ ३० गते १३:०८
गण्डकीमा मुख्यमन्त्री पोखरेलले नै बजेट प्रस्तुत गर्ने

३० जेठ २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै आगामी वर्षको बजेट प्रस्तुत गर्नु हुने भएको छ ।

गण्डकी सरकारले भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने व्यवस्था छ ।

सरकारका प्रवक्ता कुमार खड्काले मुख्यमन्त्रीसँगै नै अर्थमन्त्रालयको पनि जिम्मेवारी भएकाले बजेट पनि उहाँले नै प्रस्तुत गर्ने जानकारी दिनुभयो। नेपाली कांग्रेसका पोखरेल हिजो गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । हिजै चार मन्त्रीले सपथ लिए पनि मन्त्रालय बाँडफाँट गरिएको छैन ।

यसैबीच आज बिहान पोखरेल नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठक बसेको छ । बैठकले सरकारको प्रवक्ता कुमार खड्कालाई तोकेको छ ।

मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता कुमार खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने पनि जानकारी दिनुभयो ।

प्रवक्ता खड्काका अनुसार बजेट र नीति तथा कार्यक्रमबारे पनि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *