Main News
दशैंअगावै सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने उपप्रम महासेठको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ जेठ २९ गते १८:४४

२९ जेठ २०७८ काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले दशैं अगावै सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने दाबी गर्नु भएको छ ।
जनकपुरधाम स्थित जिल्ला पार्टी कार्यालयमा आयोजित स्वागत सम्मान कार्यक्रममा उपप्रधानमन्त्री महासेठले दशैं अगावै खोप लगाउने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।
विभिन्न देशका राजदूत र विदेशमन्त्रीहरुसँग कोरोनाको खोपलाई केन्द्रमा राखेर कुराकानी भइरहेको जानकारी दिनुभयो । मन्त्री महासेठले आजै धनुषाको विभिन्न तीन वटा नदीमा पुलको शिलान्यास गर्नुभयो ।
प्रतिक्रिया