Main News

कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु, ३३८४ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ २९ गते १६:४८
कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु, ३३८४ जना संक्रमित थपिए

२९ जेठ २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । नयाँ संक्रमितको संख्या भने घटेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक नयाँ संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या झण्डै दोब्बर छ ।

गत २४ घण्टामा ३३ सय ८४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा पनि संक्रमण घटेको छ । ८ हजार ५ सय ६ पीसीआर परीक्षणमा २३ सय ८२ र ५ हजार ९ सय ८८ एन्टीजेन परीक्षणमा १ हजार २ जना संक्रमित पहिचान भएका हुन् ।

उपत्यकाका तीन जिल्लामा जम्मा ५ सय ९८ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौँमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना छन् । नयाँ संक्रमितको संख्या केही सातायताकै कम हो ।

थप ६ हजार २ सय ९५ जना संक्रमणबाट मुक्त भएका छन् । अब सक्रिय संक्रमितको संख्या ७१ हजार ३ सय १ मा झरेको छ । नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ ।

यस्तै अहिलेसम्म संक्रमणबाट ८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । देशभरका अस्पतालमा १२ सय ६ जनाको आइसीयू र ३ सय ७३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *