Main News
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०७८ जेठ २९ गते १५:०२

२९ जेठ २०७८ मकवानपुर । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।
नेकपा एमालेको नेपाल–खनाल समूहले पनि समर्थन गरेपछि बागमती प्रदेश सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको नेपालखनाल समूह नीति तथा कार्यक्रम पारित गराउन तयार भएको हो ।
एमाले संसदीय दलको आज बिहान बसेको बागमती प्रदेशको संसदीय दलको बैठकले प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पारित गर्न सांसदलाई निर्देशन दिनुभएको थियो । संसदीय दलका नेता पौडेलको अध्यक्षतामा बसेको बैठकमा एमालेका दुवै पक्षका सांसद सहभागी थिए ।
प्रतिक्रिया